As of 2020-11-26  15:00:00
Max Price 208.00
Min Price 200.00
Closing Price 201.00
Previous Closing 206.00
Difference (-5.00 )
View All
Date Mansir 12, 2077
Hallmark Gold
(per 10gm)
Nrs 78275/-
Tejabi Gold
(per 10gm)
Nrs 77845/-
Silver
(per 10gm)
999/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को धनुषा जिल्ला महेन्द्रनगरमा २१ औ शाखा कार्यालय संचालन

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले मिति २०७७\०७\२६ गतेका दिन २१ औ शाखाको रुपमा धनुषा जिल्लाको महेन्द्रनगरमा शाखा बिस्तार गरेको छ । यस वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा रु. १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु. ५ अर्ब ४४ करोड तथा कर्जा लगानी रु. ३ अर्ब  ९५ करोड प्रवाह भएको छ ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ तथा प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा १ वटा शाखा कार्यालय र लुम्बिनी प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेकोमा मिति २०७७\०७\२६ गते यस संस्थाको प्रदेश २ का क्षेत्रिय प्रबन्धक श्री राजेश कुमार गुप्ताज्यू र शाखा प्रबन्धक श्री प्रदिप कुमार सिहंज्यूको समुपस्थितिमा महेन्द्रनगर (धनुषा) मा २१ औं शाखा कार्यालयको सुरुवात पछि यस संस्थाको २१ वटा शाखा कार्यालयहरु र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा आएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकिङ्ग सेवामा सेवा, SCT सेवा, ATM सेवा, SMS BANKING सेवा, E-BANKING सेवा, ECC, IPS/Connect IPS सुविधा, Mobile banking, Safe Deposit Locker , विभिन्न विप्रेषन (Remittance) सेवा तथा DP सेवा, र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।