As of 2020-11-26  15:00:00
Max Price 208.00
Min Price 200.00
Closing Price 201.00
Previous Closing 206.00
Difference (-5.00 )
View All
Date Mansir 12, 2077
Hallmark Gold
(per 10gm)
Nrs 78275/-
Tejabi Gold
(per 10gm)
Nrs 77845/-
Silver
(per 10gm)
999/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को विर्तामोड र पथरी शाखा कार्यालयहरुको शुभारम्भ

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले निक्षेप संकलन रु. ४ अर्ब ३७ करोड तथा कर्जा रु. ३ अर्ब ५६ करोड प्रवाह गरी २०७६ पौष मसान्तसम्ममा रु. ३ करोड १२ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्न्टर, प्रदेश नम्बर पाँचमा ३ वटा शाखा कार्यालयहरु रहेकोमा मिति २०७६÷११÷२८ गते विर्तामोड, उद्योग वाणिज्य संघको अध्यक्ष श्री कुमार भट्टराईज्यूबाट र पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख श्री दिलिप कुमार राईज्यूबाट विधिवत रुपमा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठज्यूको समुपस्थितिमा क्रमशः विर्तामोड शाखा र पथरी शाखा औपचारिक उद्घाटन पछि प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालयहरु संचालनमा आएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै प्रदेश नम्बर ५ मा दुई वटा र गण्डकी प्रदेशमा ४ वटा शाखा कार्यालयहरु सिघ्र सुभारम्भ हुने समेत जानकारी प्राप्त भएकोछ ।

बंैकिङ्ग सेवामा ATM  सेवा, SMS Banking सेवा, E-Banking सेवा ECC सेवा, IPS/CONNECT IPS सेवा, Safe Deposit Locker सुविधा, Top Up Facilities, विभिन्न विप्रेशन (Remittances) सेवा  तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको र Mobile Banking को सेवा पनि शुभारम्भ भैसकेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।