As of 2020-05-12 15:00:00
Max Price 114.00
Min Price 114.00
Closing Price 114.00
Previous Closing 116.00
Difference (-2)
View All
Date Chaitra 10, 2076
Hallmark Gold
(per 10gm)
Nrs 66015/-
Tejabi Gold
(per 10gm)
Nrs 65760/-
Silver
(per 10gm)
617.50/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को १८ औं वार्षिक साधारण सभा

 
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को मिति २०७६/०९/२९ गते मंगलबार अठारौं वार्षिक साधारण सभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भई आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरिएको छ । संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक श्री किर्तिनाथ मास्के साधारण सभा बाट अनुमोदन भएअनुसार अध्यक्ष श्री श्रीमान श्रेष्ठ, संचालक श्री सरोजनी श्रेष्ठ, संचालक डा.रेश्मी श्रेष्ठ, संचालक श्री राजेश मानन्धर र संचालक श्री किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ । संस्थाको चुक्ता पूँजी रु ८० करोड रहेकोमा  हाल सम्ममा निक्षेप रु. ४ अर्व २३ करोड तथा कर्जा रु.३ अर्व ४८ करोड रहेका संस्थाबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यस संस्थाको प्रधान कार्यालय हरिहर भवन ललितपुर, चुच्चेपाटी चावहिल, कान्तिराज पथ हेटौंडा, आदर्श नगर वीरगंज, चारआली चोक बिर्तामोड,कलैया बजार बारा, थानारोड दमक, मेनरोड जीतपुर, कदम चोक जनकपुर, सहिद चोक नारायणगढ, देवकोटा चोक भैरहवा,अमरपथ बुटवल, दुर्गा चोक चन्दनीगाहपुर, पशुपति प्लाजा न्यूरोड काठमाडौं, टंगल ललितपुर, खैरेनी, एक्टेन्सन काउण्टर सिमरा बारा,गरी हाल सम्म १६ वटा शाखा कार्यालय र १ वटा एक्टेन्सन काउण्टर रहेकोमा थप शाखा कार्यालयहरु समेत खोल्ने तयारी हुदैछ ।