गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को खैरेनी, रुपन्देही जिल्लामा सोह्रौ शाखा कार्यालय
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले निक्षेप संकलन रु. ४ अर्ब १३ करोड तथा कर्जा रु. ३ अर्ब ३४ करोड प्रवाह गरी २०७६ आश्विन मसान्तसम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ ।
यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ६ वटा शाखा कार्यालयहरु प्रदेश नम्बर पाँचमा २ वटा शाखा कार्यालयहरु रहेकोमा मिति २०७६/०८/२० गते प्रदेश नम्बर पाँच खैरेनी, रुपन्देहीमा देव दह नगरपालीका का मेयर श्री हिरा वहादुर खत्रीज्यूबाट विधिवत रुपमा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठज्यूको समुपस्थितिमा खैरेनी सोह्रौं शाखा कार्यालयको औपचारिक उद्घाटन पछि प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु संचालनमा आएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैंकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, Safe Deposit Locker सुविधा, Top Up Facilities, विभिन्न विप्रेशन (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको र Mobile Banking को सेवा पनि शिघ्र शुभारम्भ हुने प्रेस विज्ञप्तीमा जनाइएको छ ।