As of 2020-02-26  15:00:00
Max Price 150.00
Min Price 140.00
Closing Price 140.00
Previous Closing 140.00
Difference (0.00 )
View All
Date Falgun 16, 2076
Hallmark Gold
(per 10gm)
Nrs 67900/-
Tejabi Gold
(per 10gm)
Nrs 67645/-
Silver
(per 10gm)
754.50/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को टंगल, ललितपुर जिल्लामा पन्ध्रौ शाखा कार्यालय

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले निक्षेप संकलन रु. ३ अर्ब ९८ करोड तथा कर्जा रु. ३ अर्ब २२ करोड प्रवाह गरी २०७६ आश्विन मसान्तसम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ५ वटा र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीन मा ४ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु रहेकोमा मिति २०७६/०८/०२ गते टंगल, ललितपुरमा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर श्री सत्येन्द्र प्यारा श्रेष्ठज्यूबाट विधिवत रुपमा अतिथि एवं नेपाल सरकारका पुर्व मुख्य सचिव श्री तिर्थ मान शाक्य, संस्थाका अध्यक्ष श्री श्रीमान श्रेष्ठ, पुर्व अध्यक्ष श्री राजेश लाल श्रेष्ठ, संचालकहरु श्रीमती सरोजनी श्रेष्ठ, श्री राजेश मानन्धर तथा प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठज्यूको समुपस्थितिमा टंगल पन्ध्रौ शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बंैकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा E-Banking सेवा,ECC सेवा, IPS/Connect IPS सेवा, Safe Deposit Locker सुविधा, Top Up Facilities, विभिन्न विप्रेशन (Remittance) सेवा  तथा DPC-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको र Mobile Banking को सेवा पनि शिघ्र शुभारम्भ हुने प्रेस विज्ञप्तीमा जनाइएको छ । केही समयमै खैरेनी, रुपन्देही जिल्लामा शाखा कार्यालय विस्तार हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।