As of 2020-07-07  15:00:00
Max Price 124.00
Min Price 115.00
Closing Price 124.00
Previous Closing 113.00
Difference (11.00 )
View All
Date Ashad 23, 2077
Hallmark Gold
(per 10gm)
Nrs 77930/-
Tejabi Gold
(per 10gm)
Nrs 77555/-
Silver
(per 10gm)
814.50/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को न्यूरोड, काठमाडौं जिल्लामा चौधौं शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनरबाट उद्घाटन

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २०७६ आश्विन मसान्तसम्म निक्षेप संकलनरु. ३ अर्ब ८२ करोड तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ५ वटा, प्रदेश नम्बर तीन मा ३ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु रहेकोमा मिति २०७६/०७/०७ गते न्यूरोड, काठमाडौंमा नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर श्री शिवराज श्रेष्ठज्यूबाट विधिवत रुपमा संस्थाका संस्थापक अध्यक्ष श्री राजेश लाल श्रेष्ठ, अध्यक्ष श्री श्रीमान श्रेष्ठ, संचालकहरु श्री सरोजनी श्रेष्ठ, डा. रेश्मा श्रेष्ठ, राजेश मानन्धर, श्री किर्ति नाथ मास्के एवं प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठज्यूको समुपस्थितिमा न्यूरोड चौधौं शाखा कार्यालयको समुद्घाटन गरिएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बंैकिङ्ग सेवामा ATM सेवा, SMS Banking  सेवा, E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS  सेवा, Safe Deposit Locker सुविधा, त्यउ Top up facilities , विभिन्न विप्रेशन (Remittance)  सेवा  तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ । टंगल, ललितपुरमा केहि समय पश्चात थप पन्ध्रौ शाखा कार्यालय विस्तार हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।