As of 2020-08-11  15:00:00
Max Price 128.00
Min Price 123.00
Closing Price 128.00
Previous Closing 122.00
Difference (6.00 )
View All
Date Shrawan 28, 2077
Hallmark Gold
(per 10gm)
Nrs 81790/-
Tejabi Gold
(per 10gm)
Nrs 81360/-
Silver
(per 10gm)
1037.50/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को बुटवल,रुपन्देहीमा बाह्रौ शाखा कार्यालय

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले निक्षेप संकलन रु.३ अर्ब १५ करोड तथा कर्जा रु.३ अर्ब २ करोड प्रवाह गरी रु.४ करोड ३९ लाख संचालन मुनाफा गरेको संस्था द्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. १५ करोड १७ लाख रहेको छ। यसको प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन र देवकोटा चोक भैरहवा, रुपन्देहीमा रहेकोमा मिति ०७५/११/२९ गते अमर पथ बुटवल ,रुपन्देहीमा नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक श्री अशोक कुमार पौडेल ज्यू तथा संस्थाको अध्यक्ष श्री श्रीमान श्रेष्ठ ज्यू बाट विधिवत रुपमा संस्थाका  प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठ ज्यूको समुपस्थितिमा बाह्रौ बुटवल शाखा कार्यालय शुभारम्भ गरिएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ । बैकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, Internet Banking सेवा, ECC सेवा, IPS सेवा, Safe Deposit Locker सुविधा  विभिन्न विप्रेशन (Remittance) सेवा  तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३लाख सम्मको निक्षेप विमा समेत गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।