गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लि. का अध्यक्ष श्री श्रीमान श्रेष्ठ ज्यूले पद तथा गोपनियताको शपथ ग्रहण

नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेल ज्यूबाट गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लि. का अध्यक्ष श्री श्रीमान श्रेष्ठ ज्यूले आज मिती २०७५-०७-१९ गते  पद तथा गोपनियताको शपथ लिएका छन् । २०७५ कार्तिक १६ गते सम्पन्न संस्थाको १७ औँ वार्षिक साधारण सभाबाट संचालक पदमा श्री श्रीमान श्रेष्ठ, श्रीमती सरोजनी श्रेष्ठ, श्रीमती रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट तथा डा. रेश्मी श्रेष्ठ, श्री राजेश मानन्धर सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित भएकोमा, संचालक श्रीमती सरोजनी श्रेष्ठ, श्रीमती रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र श्री राजेश मानन्धरले अध्यक्ष श्री श्रीमान श्रेष्ठ ज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।